काठमाडौं, २७ मंसिर । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका निम्ति यही मंसिर २८ गते हुने निर्वाचनका सन्दर्भमा हामीले श्रमजीवी पत्रकारहरुको साझा प्यानल तयार पारेर यहाँहरुको मतको अपेक्षासहित निर्वाचन प्रक्रियामा अघि बढेका छौं । परिवर्तित विश्व तथा राष्ट्रिय सन्दर्भमा अबको पत्रकारिता कस्तो हुनुपर्छ भन्ने बहस एकातिर छ । प्रविधिले निम्त्याएका कतिपय चुनौतिले यो पेशालाई थप चुनौति दिएका छन् । पत्रकार प्रविधिमैत्री, जिम्मेवार तथा जनउत्तरदायी हुनुपर्ने विषय छन् । त्यससँगै पेशागत दक्षता अभिवृद्धि गर्नुपर्ने विषय पनि छन् ।
योभन्दा जटिल विषय छ, श्रमजीवी पत्रकारका समस्या । विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारका बेतनदेखि बृत्तिसम्मका विषयमा अब हामीले जोडदार संघर्ष गर्नुपर्ने अवस्था आएको छ । त्यसमाथि सरकारले अगाडि सारेका केही सञ्चार सम्बन्धी कानुन प्रेस स्वतन्त्रताको घाँटी अँठ्याउनेखालका छन् । यस्तो स्थितिमा नेपाल पत्रकार महासंघका हरेक तहका नेतृत्व साझा र सशक्त हुनु अनिवार्य शर्त हो । हामी विभिन्न पत्रकार संगठन र श्रमजीवी पत्रकारहरुको समूहले तयार पारेको श्रमजीवी पत्रकारहरुको साझा प्यानल मूलतः यी विषयमा प्रतिवद्ध छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनका कार्यक्रम अगाडि बढिरहँदा सत्तापक्षले आफूसम्बद्ध पत्रकारको अलग्गै प्यानल खडा गरेको छ । सत्तापक्षले राज्यका संयन्त्रको दुरुपयोग गर्दै श्रमजीवी पत्रकारहरुको साझा प्यानलका उम्मेदवार र मतदाता माथि अनावश्यक हस्तक्षेप र निगरानी गर्ने, खुल्लारुपमा धम्क्याउने, सरकारका मन्त्री र सत्तारुढ पार्टी नेताहरुले डर, धाक र प्रलोभन दिने जस्ता कार्य गरिरहेको छ । विशेषतः हाम्रो प्यानलका अध्यक्षका उम्मेदवार रमेश विष्टका गतिविधिको निगरानी राख्न उहाँका पछाडि केही सादा पोशाकका सुरक्षाकर्मी खटाइएको विषय पनि गम्भीर छ ।
पत्रकार महासंघको निर्वाचनका क्रममा राज्यसत्ताको चरम दुरुपयोग गर्ने, सत्तारुढ दलका विभिन्न तहका राजनीतिक दलवाट पत्रकार महासंघमा खुलेआम हस्तक्षेप गर्ने, वक्तव्य जारी गर्ने तथा स्वतन्त्र ढंगले चुनावमा भाग लिन पाउने पत्रकारको अधिकारमाथि नै हस्तक्षेप गर्ने जस्ता व्यवहार गरिरहेका छन् । हामी पत्रकारको चुनावमा सत्तापक्षवाट भएको यसप्रकारको नांगो हस्तक्षेप र मानसिक रुपमा दबाब सिर्जना गर्ने कार्यको घोर विरोध र भत्र्सना गर्दै स्वतन्त्र ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित गर्न माग गर्दछौं ।
अतः नेपाल पत्रकार महासंघलाई श्रमिकमैत्री महासंघका रुपमा स्थापित गर्न, श्रमजीवी पत्रकारसहित साना तथा स्वरोजगारमूलक सञ्चारकर्मको हितका पक्षमा उभिने एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूवर्क पेश हुने संस्था बनाउन, लोकतन्त्र संस्थागत गर्न तथा नागरिक हक र पूर्ण प्रेस स्वतन्त्रताको कार्यान्वयन गर्नका निम्ति रमेश विष्ट नेतृत्वको प्यानललाई मतदान गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।
१. विष्णु सापकोटा जुगल, अध्यक्ष– प्रेस सेन्टर नेपाल
२. विश्वमणी सुवेदी, अध्यक्ष– समाजवादी प्रेस संगठन नेपाल
३. नारायण शर्मा, अध्यक्ष– क्रान्तिकारी प्रेस संगठन नेपाल
४. प्रकाश थापा, महासचिव– प्रगतिशील पत्रकार संघ नेपाल
५. शेरबहादुर विश्वकर्मा, अध्यक्ष– जनपत्रकार संगठन नेपाल
६. अवधेश झा, महासचिव– प्रेस मञ्च नेपाल
७. कमल बूढा, अध्यक्ष– क्रान्तिकारी पत्रकार संगठन
हाम्रो प्यानल निम्नानुसार रहेको छ ः–
अध्यक्षः रमेश विष्ट
बरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
सचिव (खुला)ः उत्तरसिंह विष्ट
सचिव (मधेसी)ः श्रीजन झा
सचिव (महिला)ः सरिता बराइली
सचिव (दलित)ः वसन्त विक
सचिव (आदिवासी जनजाती)ः भिषण राई
सचिव (एशोसियट)ः विकास काकी
कोषाध्यक्षः रामकृष्ण अधिकारी
लेखा आयोग संयोजक– ध्रुव रावल
केन्द्रीय सदस्यहरु
कोशी प्रदेश केन्द्रीय सदस्यः १. तीर्थ सिग्देल २. दिपेन्द्र कुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्यः १. राजु विश्वकर्मा २. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दिपक भट्टराई २. उज्ज्वल पौडेल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्यः १. देविराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त २. सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः १. वीरेन्द्र ओली २. साहास भट्ट
खुल्ला केन्द्रीय सदस्य
१. केशवबहादुर भुल
२. बुद्ध लोप्चन
३. दामोदर खनाल
४. लेखनाथ खतिवडा (सिकारु)
५. रामकुमार श्रेष्ठ
महिला
१ (दलित) रिता बुढाथोकी (र्निविरोध)
२. (आदीवासी, जनजाती) सरु राना
३. (मधेसी) मिनाकुमारी यादव
४. (खस आर्य) दिया चन्द
दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदीबासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
अपाङ्गता तर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य
बख्तियार अलि
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)