सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो ।