प्रेस सेन्टर नेपाल /कर्णाली प्रदेश

कर्णाली प्रदेशमा यहाँलाई स्वागत छ !

यस प्रदेशका पदाधिकारीहरुको नामावली यस प्रकार छ:

प्रेस सेन्टर कर्णाली प्रदेश संक्षिप्त इतिहास

नयाँ संविधान निर्माणसंगै भएको राज्यको पुर्नसंरचनाले तयार भएको कर्णाली प्रदेश(६नम्वर)मा पनि नयाँ प्रशासनिक विभाजनसंगै क्रान्तिकारी पत्रकार संघको पनि सांगठनिक संरचना तयार भयो । साविकको भेरी, कणाली र राप्तीका सल्यान र रुकुम पश्चिम जिल्ला समेटेर बनेको ६ नम्वर प्रदेशको भेला तदर्थ समिति संयोजक देविराम देवकोटा, सदस्यहरु प्रतीक इच्छुक शर्मा, गणेशकञ्चन भारती, नविन रिजाल रहेको समिति गठन भएको र इञ्चार्ज गोविन्द रोका इञ्चार्ज रहनुभएको थियो । यसै क्रममा २०७३ जेठ ६ गते एकीकृत नेकपा (माओवादी) नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीसहितका माओवादी धाराका १० वटा पार्टी र समूहको एकता प्रक्रियाबाट नेकपा (माओवादी केन्द्र) निर्माण भएसँगै क्रान्तिकारी पत्रकारहरुमा समेत एकताको माहौल बन्यो  र संगठनको नाम प्रेस सेन्टर नेपाल रहन गयो ।

प्रदेशमा देवीराम देवकोटा नेतृत्वको क्रान्तिकारी पत्रकार संघ र दीपेन्द्र शर्मा नेतृत्वको क्रान्तिकारी पत्रकार महासंघ प्रदेशमा प्रेस सेन्टर प्रदेश कमिटीमा रुपान्तरण भए । त्यस समयमा प्रदेश इञ्चार्ज दिपेन्द्र रोकाय इञ्चार्जको भूमिकामा रहनु भएको थियो । २०७३ जेठ २९ र ३० गते विरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रेस सेटर नेपाल कर्णाली (६नम्वर) प्रदेशको प्रथम एकता भेला पछि बनेको प्रथम प्रादेशिक अधिवेशन आयोजक समिति देविराम देवकोटाको नेतृत्वमा ७७ सदस्यी प्रथम सम्मेलन आयोजक समिति गठन गरियो । संगठनको प्रथम अधिवेशन २०७३ असोज ९ गते वाट ध्रुव विक्रम वुढाथोकीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन भयो । यस समयमा प्रदेश इञ्चार्ज ओपेन्द्र शर्माले गर्नु भएको हो ।

वृहत कम्युनिष्ट एकताको उदेश्य सहित नेपालमा नेकपा (माओवादी) केन्द्र र नेकपा एमालेको पार्टी एकीकरणपछि यी दुई दुई कम्युनिष्ट पार्टीका पत्रकाहरु आवद्ध प्रेस सेन्टर र प्रेस चौतारी एकता भई प्रेस संगठन नेपाल रहेको थियो । प्रेस संगठन केन्द्रीय कमिटीले कर्णाली प्रदेशको संयोजक तत्कालीन प्रेस चौतारीका तर्फबाट विरवहादुर गिरी र सह संयोजक प्रेस सेन्टरका तर्फबाट प्रतीक इच्छुक शर्मा र प्रेस सेन्टरको तर्फवाट इन्चार्ज धुर्व वुढाथोकी जिम्मेवारी दिएको थियो ।

यस्तै केपी ओली नेतृृत्वको प्रतिगमनकारी कार्यसंगै उत्पन्न परिस्थतिले संठनमा फेरी कार्यविभाजनमा फेरवदल आएसंगै प्रेस संगठन कर्णाली प्रदेशको ईन्चार्ज ः जीवन बिसी प्रदेश सह ईन्चार्ज ः देविराम देवकोटा गोविन्द देव भारती प्रदेश संयोजक ः प्रतिक इच्छुक शर्मा प्रदेश सह संयोजक ः गणेशकञ्चन भारती, रमेश ऐडी र सुर बहादुर सिंह प्रदेश सचिव ः दीपक कुमार बुढालाई जीम्मेवारी दिईयो ।

२०७८ साल असोज १६ गते बसेको प्रेस सेन्टर केन्द्रीय कमिटीको बैठकले प्रदेशमा धुर्वविक्रम वुढाथोकी इन्चार्ज र प्रतीक इच्छुक शर्मा संयोजकको जिम्मेवारी दियो । त्यसपछि बसेको वैठकले कर्णाली प्रदेशमा दोश्रो प्रदेश अधिवेशन गर्ने गरी प्रतीक इच्छुक शर्मा संयोजक रहने गरी ४१ सदस्यीय प्रदेश अधिवेशन आयोजक कमिटी निर्माण गरियो । २०७८ मङ्सिर १४ गते सम्पन्न भएको दोश्रो प्रादेशिक अधिवेशनवाट अध्यक्ष प्रतीक इच्छुक शर्माको नेतृत्वमा रहेको समिति कृयाशिल रहिआएको छ ।

विचार तथा अन्तर्वार्ता

इच्छुकको आदर्श र आजका मिडिया

इच्छुकको आदर्श र आजका मिडिया

महेश्वर दाहाल / प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखेवापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै। यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ।...

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको भूमिका

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको भूमिका

- गोविन्द आचार्य १.पृष्ठभूमि नेपाली क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था प्रेस सेन्टर नेपाल स्थापनाको १७ वर्ष पुगेको छ । २०६१ माघ १५ गते स्थापना भएको प्रेस सेन्टरले आफ्ना तीन राष्ट्रिय अधिवेशन सम्पन्न गर्नुका साथै नेपाली सञ्चार क्षेत्रमा जनपक्षीय पत्रकारहरुको...

जनपक्षीय पत्रकारिता : फेरिएको चरित्र

जनपक्षीय पत्रकारिता : फेरिएको चरित्र

- बलराम थापा आजको डिजिटल युगमा जनपक्षीय पत्रकारिताको चरित्र कस्तो हुने ? पुँजीवादी संरचनाभित्र रहेर यसको प्रयोग र विकास कसरी गर्ने ? बहुराष्ट्रिय कम्पनीहरूमार्फत् निर्मित सञ्चार–नियन्त्रित साम्राज्यवादी वर्चश्वलाई तोडेर वैकल्पिक पत्रकारिताको धारलाई कसरी रक्षा गर्ने ?...

पदाधिकारीहरू

प्रतिकईच्छुक शर्मा
प्रदेश अध्यक्ष
गणेशकुमार सिर्पाली
बरिष्ट उपाध्यक्ष
पुर्णप्रसाद चौलागाई
खुला उपाध्यक्ष
धर्मराज जि.सी.
प्रदेश महासचिव
विवश कुमार सेजुवाल
सचिव
तिलकराज ओली
सचिव
युद्धजित शर्मा
सचिव
अर्जुनप्रसाद भट्टराई
सचिव
उपेन्द्र न्यौपाने
सचिव
तिलसरा बि.क.
सचिव
देबका लामिछाने
सचिव
गोपाल रेग्मी
कोषाध्यक्ष