प्रेस सेन्टर नेपाल /कोशी प्रदेश

कोशी प्रदेशमा यहाँलाई स्वागत छ !

यस प्रदेशको संगठनको इतिहास र  पदाधिकारीहरुको नामावली यस प्रकार छ:

प्रदेश एकमा हाम्रो संगठनको इतिहास

१ नम्बर प्रदेशको इतिहास पल्टाउँदा जनयुद्धको सुरुवात र त्यस अगाडि देखि नै क्रान्तिकारी र जनपक्षीय पत्रकारिता गर्ने अग्रजहरुको उपस्थिति थियो । तर, त्यो तत्कालीन कथित बहुदलको आवरणभित्र चलाइएको निरंकुशताको दमनचक्रमा पेलिएको थियो । अझ जनयुद्धको तिव्रतासँगै क्रान्तिकारी धारबाट पत्रकारिता गर्नेहरुमाथि राज्यले गिरफ्तारी, कुटपिट हत्या गर्ने क्रम अगाडि बढ्यो । जनपक्षीय पत्रिका जनादेश, महिमा, जनआवाज लगायतका रिर्पोटिङ गर्ने मात्र हैन पत्रिका नियमित पढ्ने पाठक पाठकहरुले समेत दमन बेहोर्नु प¥यो । जनादेश साप्ताहिकमा तत्कालीन झापा संवाददाता पृथ्वी कार्कीको गिरफ्तारीदेखि अर्का संवाददाता डि. कौडिन्यको गिरफ्तारपछि हत्या हुँदै तत्कालीन राज्यले जनपक्षीय पत्रकारितामाथिको आक्रमणलाई १ नम्बर प्रदेशमा पनि नाङ्गो बनाएको थियो ।

जनयुद्धको दमन र राजतन्त्रात्मक सत्ताको रक्षाको लागि २०५८ देखि लगाइएको संकटकालमा हामी क्रान्तिकारी संचारकर्मीको पहिचान खुला रहन सकेन । गिरफ्तारी र हत्याबाट सुरक्षित रहेर त्यो समयमा जनपक्षीय पत्रकारिता अगाडि बढ्यो । गोयवल्स प्रचारद्वारा जनतामा असंख्य भ्रम सिर्जना गरिरहेको अवस्थमा त्यसलाई चिरेर जनमुक्ति आन्दोलनको बारेमा जनतामा सही सूचना प्रवाह गर्न २०६० असोज २६ गते देखि रेडियो जनगणतन्त्रको पूर्वी प्रशारण सुरु भएको थियो । रेडियोको प्रसारण सुरु भएपछि शाही सत्ताको गलत प्रचारलाई केही हदसम्म चिर्न सफल भएपनि भूमिगत अवस्थामा रेडियो डोकोमा बोकेर बजाउनु पर्ने, दुश्मनको आँखाबाट छल्नु पर्ने, भिडन्तहरुबाट बच्नु पर्नेजस्ता चुनौतीले सबैतिर त्यसको पहुँच पुग्न सकिरहेको थिएन । त्यो अवस्थालाई चिर्दै जनयुद्धको वास्ताविकता पस्कन २०६१ वैशाख ६ गते जनविद्रोह साप्ताहिकको सुरुवात भएको थियो । जनगणतन्त्र रेडियो र जनविद्रोह सप्ताहिकले नै १ नम्बर प्रदेशको संगठित रुपले युद्ध पत्रकारिताको नेतृत्व गरेका थिए । जनबिद्रोह दैनिक पत्रिका अहिले हाम्रो मतको नामबाट विराटनगरबाट निरन्तर प्रकाशित हुँदै आएको छ । त्यसबाहेक जिल्ला स्तरमा समेत पत्रपत्रिकाको प्रकाशन गरी संकटकालीन सेन्सरसीपको वीचमा जनताको सूचनाको हकलाई स्थापित गराउन जनपक्षीय पत्रकारहरु क्रियाशिल रहेको स्मरण गर्न चाहन्छौं ।

सत्ता नियन्त्रित सेन्सर गरिएका मिडियबाट जनताले सहि सूचना नपाइरहेको अवस्थामा रेडियो प्रसारण र जनविद्रोहको प्रकाशनले जनतामा नयाँ रक्त संचार गरेको थियो । घरमा, छतमा र रुखमा चढेर रेडियो सुन्ने र १५ दिन बढी लगाएर पुगेको पत्रिका पढ्न तछाड मछाड हुने स्थितिले त्यसको महत्वलाई पुष्टि गर्छ त्यसबाहेक कतिपय स्थानीय पत्रपत्रिकाले पनि जनताको आन्दोलनको पक्षमा केही विषय पस्किएर अगाडि गएका थिए । राज्यको दमन चर्कदै थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको असोज १८ को कदमपछि जनपक्षीय संचारकर्मीहरुमाथि आक्रमण तिव्र बन्यो । त्यही क्रममा जनविद्रोह साप्ताहिकका सम्पादक विनोद खनाल, जनप्रतिरोध साप्ताहिक (मोरङ) का सम्पादक ईश्वर ढुंगाना, जनादेश संवाददाता नागेन्द्र पोखरेल, जनादेशमा आवद्ध बद्री खड्का, नन्दकुमार थापा लगायत साथीहरुको हत्या गरियो । इलामबाट प्रकाशित देउमाई गर्जनकी सम्पादक शशिकला शर्माको पनि राज्यको तिब्र दमनपछि हत्या गरिएको थियो । विवेक गौतम लगायत दर्जनौं संचारकर्मीलाई गिरफ्तार, यातनासहित जेलमा कोचेर जनपक्षीय पत्रकारिताको यात्रा अवरुद्ध गर्ने प्रयास सत्ताले ग¥यो । तर, जनपक्षीय पत्रकारिताको राँको झनै विस्तारित हुँदै गयो । जनतामा क्रान्ति र परिवर्तनको प्यास बढ्दै गएर तत्कालीन सत्ताको विनास नजिकीयो ।

संविधान निर्माणपछि हाम्रो संगठन

संविधान सभाबाट संविधान र राज्य पुनःसंरचना समावेसिकरणसँगै दर्जनौँ जनताका माग लिपिवद्ध गर्दै २०७२ अशोज ३ गते संविधान जारी गरिएपछि हाम्रो संगठन क्रान्तिकारी पत्रकार संघ १ नम्बर प्रदेशको बृहत भेला २०७२ साल माघ १९ गते झापाको विर्तामोडमा सम्पन्न भएको थियो । भेलामा प्रदेशका १४ जिल्लाबाट करिब १०० जना पत्रकारहरु सहभागी भएका थिए । भेलाले राजन केडीलाई संयोजक चयन ग¥यो । त्यसपछि पार्टीहरु एक भएपछि ती पार्टीमा आवद्ध पत्रकारहरुको १ नम्बर प्रदेश एकता भेला २०७३ असार ४ गते मोरङको विराटचौकमा सम्पन्न भयो । सो भेलाले पनि राजन केडीलाई संयोजक र सपना निरौला (स्मीता) लाई सह संयोजक चयन गरी १ नम्बर प्रदेश सम्मेलन आयोजक समिति बनायो ।

आयोजक समितिः १. संयोजकः राजन केडी, २. सहसंयोजकः स्मिता निरौला, सदस्यहरुः ३ प्रयास लिम्बू, ४. दयाराम दाहाल, ५. अवतार राई, ६. भक्तशेर लिम्बू, ७. तारामणी सापकोटा, ८ विनोद घिमिरे, ९.अर्जुन जम्नेली राई, १०. हरिकुमार राई, ११. अशोक श्रेष्ठ, १२. गंगा वराल, १३. कविन्द्र केसी, १४.जयकृष्ण यादव, १५. सलबहादुर तिवारी, १६. सेसेहाङ्ग लिम्बू, १७. सुजन तिम्सिना, १८. सरिता वराइली, १९. श्रीशीशा राई, २०. टिकाराम उप्रेती, २१. विलाश योङ्या, २२. इन्द्र बजगाई, २३ ईश्वर थापा, २४. यदु ढकाल, २५. सूर्य तामाङ्ग, २६. नवराज खड्का, २७. भोजराज कार्की, २८. आर के वान्तवा, २९. गोविन्द राई, ३०. गोकुल पराजुली, ३१. रिता मोक्तान, ३२. केशव घिमिरे, ३३. मणिकुमार श्रेष्ठ, ३४. नारायण राई, ३५. नवराज कट्टेल, ३६. होमकुमारी कुमाल, ३७. प्रकाश खालिङ्ग, ३८. सुवास किराती, ३९. ममता चौधरी, ४०. अर्जुन आचार्य, ४१. किशन साही, ४२. विष्णु पौडेल, ४३. अप्सरा निरौला, ४४. यम दनुवार, ४५. राजु पाठक, ४६. रविन्द्र काफ्ले, ४७. निर्मला तिम्सिना, ४८. घनेन्द्र केरुङ्ग, ४९. सत्यनारायण शर्मा, ५०. तेजेन्द्र भण्डारी, ५१. मोहन भट्टराई, ५२ ताविल अन्सारी रहेको प्रदेश सम्मेलन आयोजक समिति गठन ग¥यो ।

प्रथम भेलाका सदस्यमध्ये टिकाराम उप्रेती,विलास योङ्या, रविन्द्र काफ्ले तेजेन्द्र भण्डारी, गोविन्द लामिछाने २१ औँ शताब्दीको नौलो जनवाद विचारबाट विचलित भई दक्षिणपन्थि धारमा भासिएको पार्टी एमालेमा प्रवेश गरेका छन् ।
२०७३ भदौ अन्तिम सम्ममा आउँदा १ नम्बर प्रदेशका १४ वटै जिल्लामा एकता सम्मेलन सम्पन्न भएको थियो ।

संगठनको इतिहासको यो अवधीसम्म आइपुग्दा महासंघमा हाम्रो संगठनको उपस्थिति दर्बिलो र निर्णायक रुपमा अघि बढ्दै आएको थियो । यसमा सुनसरी जिल्ला अग्रपंक्तिमा देखिँदै आएको छ ।

विचार तथा अन्तर्वार्ता

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने शासकिय स्वरुपमा प्रत्यक्ष...

पदाधिकारीहरू

विनोद घिमिरे
प्रदेश अध्यक्ष
नवराज कट्टेल
ब. उपाध्यक्ष
दण्डीराज घिमिरे
उपाध्यक्ष
राजन साम्पाङ राई
उपाध्यक्ष
सुजन तिमिल्सिना
प्रदेश महासचिव
विदुर कटुवाल
खुल्ला सचिव
गजेन्द्र राई
खुल्ला सचिव
गोकुल पराजुली
कोषाध्यक्ष