प्रेस सेन्टर नेपाल / मधेश प्रदेश

मधेश प्रदेशमा यहाँलाई स्वागत छ !

यस प्रदेशका पदाधिकारीहरुको नामावली यस प्रकार छ:

प्रेस सेन्टर नेपाल, मधेश प्रदेशको संक्षिप्त इतिहास

 

मधेश प्रदेशमा जनपक्षीय पत्रकारिता गर्ने क्रान्तिकारी अग्रज पत्रकारहरुले राज्य सत्तालाई चुनौती दिँदै आमुल परिवर्तनका पक्षमा कलम चलाउँदै आउनु भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा राजा महेन्द्रमाथि बम प्रहार गर्ने शहीद दुर्गानन्द झा, राज्य व्यवस्था परिवर्तनका लागि आन्दोलनको अभियानमा निरन्तर खटिरहनु भएका लक्ष्मीनारायण झा हालसम्म पनि राज्यको बेपत्ताको सूचीमै हुनुहुन्छ । मधेश प्रदेश सदैव राज्यसत्ताको आमुल परिवर्तनकारी पक्षधर रहेकाले यहाँ क्रान्तिकारी र जनपक्षीय पत्रकारिता उहिल्यैदेखि नै हुँदै आएको छ ।
जनयूद्ध अघि पनि यहाँका पत्रकारिताले क्रान्तिकारी र जनपक्षीय पत्रकारितालाई रोज्दै अघि बढेको इतिहास छ ।
कथित बहुदलको आवरणभित्र चलाइएको निरंकुशताको दमनचक्रले यहाँको पत्रकारिता पनि पिरोलिएको थियो । अझ जनयुद्धको तिव्रतासँगै क्रान्तिकारी धारबाट पत्रकारिता गर्नेहरुमाथि राज्यले खोजी खोजी धम्क्याउने, तर्साउने, डराउने, हत्या गर्ने र विभिन्न किसिमका प्रलोभनसमेत दिने गरेको थियो । जनपक्षीय पत्रिका लाल तराई मासिक हुँदै पाक्षिक र पछि लाल मधेशको रुपमा पत्रिका जनादेश साप्ताहिक, जनदिशा दैनिक, महिमा साप्ताहिक, जनआवाजलगायतका रिर्पोटिङ गर्ने मात्र नभई पत्रिका नियमित पढ्ने पाठकहरुले समेत दमन बेहोर्नु परेको थियो ।
जनयुद्धको दमन र राजतन्त्रात्मक सत्ताको रक्षाको लागि २०५८ देखि लगाइएको संकटकालमा हामी क्रान्तिकारी संचारकर्मीको पहिचान खुला रहन सकेन । गिरफ्तारी र हत्याबाट सुरक्षित रहेर त्यो समयमा जनपक्षीय पत्रकारिता अगाडि बढ्यो । गोयवल्स प्रचारद्वारा जनतामा असंख्य भ्रम सिर्जना गरिरहेको अवस्थमा त्यसलाई चिरेर जनमुक्ति आन्दोलनको बारेमा जनतामा सही सूचना प्रवाह गर्न र मधेशमुक्तिको सवालमा समेत जनयुद्धलाई उचाई दिनका निम्ति २०५९ तर्फ लाल तराई नामक पत्रिका संचालन गरियो । संकटकालमा जिल्ला स्तरका पत्रपत्रिकाको प्रकाशन गरी सेन्सरसीपको बीचमा जनताको सूचनाको हकलाई स्थापित गराउन जनपक्षीय पत्रकारहरु क्रियाशिल रहेको स्मरण गर्न चाहन्छौँ ।
भूमिगतकालमा जनगणतन्त्र रेडियो मार्फत पत्रकार रोशन जनकपुरीले तराई–मधेश क्षेत्रका आवाजविहीनहरुको आवाजलाई एकत्रित गर्दै सही सूचना प्रवाह गर्नुभएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको असोज १८ को कदमपछि जनपक्षीय संचारकर्मीहरुमाथि आक्रमण तिव्र बन्यो ।
मधेशमा पनि जनपक्षीय पत्रकारिता गर्नेलाइ शाही सेनालेसमेत खोज्न थालेपछि भूमिगतरुपमा लुकिछिपि पत्रकारिताको भइरहेको थियो ।
देवराम यादव, रोशन जनकपुरीलगायत दर्जनौँ पत्रकारहरु त्यतिबेला तत्कालीन राज्यसत्ताको निगरानीबाट बाँच्न र क्रान्तिकारी जनपक्षीय तथा सत्यतथ्य समाचार सम्प्रेषणका लागि भूमिगत हुनु परेको थियो ।
सत्ता नियन्त्रित सेन्सर गरिएका मिडियबाट जनताले सही सूचना नपाइरहेको अवस्थामा ०६५ मा मधेशबाट नयाँ मिथिला खबर दैनिक पत्रिका रोशन जनकपुरीको प्रकाशकीय तथा किरण कर्णको सम्पादकत्वमा प्रकाशन भयो । सो पत्रिकाले जनतामा सही सूचना सम्प्रेषण गरेर जनपक्षीय पत्रकारितालाई अघि बढाएको थियो ।
संविधान निर्माणपछि हाम्रो संगठन
संविधान सभाबाट संविधान र राज्य पुनःसंरचना समावेशिकरणसँगै दर्जनौँ जनताका माग लिपिवद्ध गर्दै २०७२ अशोज ३ गते संविधान जारी गरिएपछि हाम्रो संगठन क्रान्तिकारी पत्रकार संघ मधेश प्रदेशमा भेलाका लागि संयोजकको रुपमा देवराम यादवलाई जिम्मेवारी दिइयो ।
प्रदेशको बृहत भेला जनकपुरधाममा भयो । भेलामा प्रदेशका ८ वटै जिल्लाबाट करिब ५० जनाभन्दा बढी जनपत्रकारहरुको सहभागी रहेको थियो ।
सो भेलाबाट हिरालाल चौधरीको संयोजकत्वमा २५ सदस्यीय समिति गठन भयो । त्यसपछि विभिन्न पार्टीहरु एक भएपछि सो पार्टीमा आवद्ध पत्रकारहरुको मधेश प्रदेश एकता भेला जनकपुरधाममा भेला सम्पन्न भयो । सो भेलाले प्रेस संगठन नेपाल मधेश प्रदेशमा किरण कर्णको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गर्यो ।
संगठनको इतिहासको यो अवधिसम्म आइपुग्दा नेपाल पत्रकार महासंघमा हाम्रो संगठनको उपस्थिति बलियो र निर्णायक रुपमा अघि बढ्दै आएको थियो । यसमा धनुषा जिल्ला अग्रपंक्तिमा देखिँदै आएको छ ।
अन्य पेसागत संगठनभन्दा निकै भिन्न र क्रान्तिकारी र जनपक्षीयताको सवालमा सदैव चट्टान झैँ दब्रिलोरुपमा खडा रहेको प्रेस सेन्टर नेपालको आफ्नो भिन्नै संघर्षसहितको पहिचान छ । जनयुद्धको क्रममा जनतालाई वास्तविक सत्यतथ्य घटनाहरु र नेकपा माओवादीका विचारलाई व्यवस्थित ढंगले विचार प्रवाहका लागि खेलेको भुमिका र तत्कालीन क्रान्तिकारी पत्रकार संघको इतिहासले प्रेस संगठन नेपाल हुँदै प्रेस सेन्टर नेपालको आफ्नो संघर्षसहितको गौरवपुर्ण इतिहास छ ।
त्यही अनुसार मधेश प्रदेशमा विगत भन्दा अहिलेपनि भिन्न अवस्था छैन । फरक यति मात्र छ की विगत जनयुद्ध हुँदा भुमिगत थियो । हामीसँग आफ्नो प्रेस थियो, कलम थियो, बोल्ने माध्यम थियो । तर अहिले खुला आकाश र धर्ती बाहेक सबै अर्काकै संस्थामा रहेर हामीले पत्रकारीता पेसाको धर्म रक्षा गरिरहेका छौँ । क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस संगठन नेपाल हुँदै अहिले पुनः हामी प्रेस सेन्टर नेपालको इतिहास बडो ओजपूर्ण छ ।
हाम्रो संगठनलाई सक्रिय पार्नका लागि चुनौतिपूर्णरुपका साथ अघि बढ्दै गए पनि हामी निरन्तर जनपक्षीय पत्रकारिताको सवालमा दब्रिलो हुँदै गएका छौँ । हामी झनै सशक्त भएर सांगठनिक भइ संगठनलाई क्रियाशील बनाउने पक्षमा अनवरतरुपमा सदैव सक्रिय रहेका छौँ । जसको परिणामस्वरुप संगठन बनाउने भत्काउने र पुनः सशक्त कमिटी निर्माण सहित अघि बढ्ने प्रण अनुरुप एकता, संघर्ष र रुपान्तरणलाई नै मुलमन्त्र मानेर अघि बढिरहँदा केहिले काही हामी आफैबाट पनि संगठनलाई रक्षात्मक अवस्थादेखि सन्तुलित अवस्थामा छौँ ।
हुन त मधेश प्रदेशको पत्रकारिता अवस्थानिकै नै चुनौतीपूर्ण छ । आठ वटै जिल्लाको अवस्था भन्नु पर्दा कठिन अवस्थाबाट यहाँका श्रमजिवी पत्रकारहरुले पत्रकारिता गरिरहनु परेको छ ।
मोफसलकाआफ्नै समस्याभएपनिअहिले मधेशको प्रदेशको राजधानी भनिएको जनकपुरधाम क्षेत्रमा पत्रकारीता गर्न पनि निकै समस्या, चुनौती र जोखिमपुर्ण रहेको छ

विचार तथा अन्तर्वार्ता

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान आग्रह गर्नुभएको छ । उहाँले पाँचौपटक विश्वासको मत माग्दै संसदमा गरेको संवोधनमा संविधान संशोधन गर्ने हो भने समानुपातिक र समावेशीताको मात्रा झन...

नेपाल पत्रकार महासंघको आगामी कार्यभार

नेपाल पत्रकार महासंघको आगामी कार्यभार

विष्णु सापकोटा जुगल - देशमा लोकतन्त्र उदय र नेपाल पत्रकार महासंघको स्थापना सँगै जोडिएका छन् । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने विषय पुष्टि गर्दै जन्मिएको पत्रकार महासंघको समृद्ध इतिहास छ । गर्विलो वर्तमान छ । यसले सम्पूर्ण पत्रकार जगतका लागि आशा...

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको अबको बाटो

जनपक्षीय पत्रकारिता र प्रेस सेन्टरको अबको बाटो

सन्तोष पौडेल – पत्रकारिता समाजको ऐना हो, कुनैपनि बेलाको समाजको चरित्र बुझ्न पत्रकारिताले मद्धत गर्दछ । जसरी समाज वर्गीय हुन्छ त्यसरी नै पत्रकारिता पनि वर्गिय नै हुने गर्दछ । हुँदा खाने श्रमीक वा श्रमजीविको पक्षमा पत्रकारिता र हुने खाने वर्गको पक्षमा पत्रकारिता ।...

त्यो परिस्थितिमा सहज रुपमा हामीले जनपक्षीय पत्रकारितालाई अघि बढाउन सम्भव थिएन.. !

त्यो परिस्थितिमा सहज रुपमा हामीले जनपक्षीय पत्रकारितालाई अघि बढाउन सम्भव थिएन.. !

संगीता खड्का -  २०५८ साल मंसिर ११ गतेबाट राज्यले संकटकाल घोषणा गरेयता दर्जनौं पत्रकार मारिएका र बेपत्ता पारिएका थिए भने सयौं पत्रकारले जेल नेल व्योहोरेका थिए। ती मारिएका, बेपत्ता पारिएका र जेल नेल व्यहोरेका पत्रकारको गल्ती यत्ति थियो कि उनीहरु कालोलाई कालो सेतोलाई...

हिजो, आज र अबको पत्रकारिता

हिजो, आज र अबको पत्रकारिता

ओम शर्मा - नेपाली पत्रकारिता सामान्य अवस्थाबाट यहाँ आइपुगेको होइन । नेपाली पत्रकारिताको विगत गर्व गर्नलायक छ । आज हामी सशक्त रुपमा अगाडि बढिरहेका छौं । स्वतन्त्रपूर्वक पत्रकारिता गरिरहेका छौं । जग सामान्य छैन । एउटा गर्विलो इतिहासबाट शुरु हुन्छ । नेपाली पत्रकारिता...

पदाधिकारीहरू

निरज पिठाकोटे
अध्यक्ष
गोपाल गुप्ता
वरिष्ठ उपाध्यक्ष
रामएकबाल महरा
उपाध्यक्ष
जिवछ यादव
महासचिव
रमेश साह
सचिव
ओमकिशोर चौधरी
सचिव
रंजित पाण्डे
सचिव
निरञ्जन साह
कोषाध्यक्ष