प्रेस सेन्टर नेपाल /अध्यक्षको सन्देश
जनपक्षीय एवं क्रान्तिकारी पत्रकारको साझा संस्था प्रेस सेन्टर, नेपालले चौथो महाधिवेशनसम्मको यात्रा पूरा गरिसकेको छ। समाजका यावत घटना, गतिविधि र प्रवृत्तिको परख गर्ने र त्यसलाई समाजपक्षीय दृष्टिकोण दिने संवाहक भनेका आलोचनात्मक चेत भएका सञ्चारकर्मी हुन् र ती मातहतका संचार संयन्त्र हुनु, त्यसको मूल प्रवृत्ति हामी हौं।
आजको राजनीतिक सन्दर्भमा सामाजिक न्यायमा आधारित, समाजवादउन्मुख, सबै गरिखाने वर्ग र पेशालाई सम्बोधन गर्ने र अन्ततः वैज्ञानिक समाजवादमा सङ्क्रमण हुने सज्वार प्रवृत्ति हामी हो र तिनैलाई हामीले चिन्न र प्रोत्साहित गर्न सक्नु पर्छ । राज्य र समाजविरोधी तथा आजसम्मको जनताको बलिदानबाट प्राप्त उपलब्धि विरोधी तत्त्वको भण्डाफोर गर्नु र जनतालाई भ्रमपूर्ण आवेगबाट मुक्त गर्नु जनपक्षीय सञ्चार गछौँ भन्नेहरूको प्राथमिक काम हो।
समाजबादउन्मुख संविधानले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र अभिव्यक्ति मौलिक स्वतन्त्रतालाई अकाट्य हकका रूपमा स्थापित गरेको छ। तर त्यसलाई कमजोर बनाउने चोरबाटो पनि शासकले खोजेकै छन् । त्यसविरुद्ध हामी क्रान्तिकारी सञ्चारकर्मीको आवाज बलशाली हुनु पर्छ। आज कतिपय धाराका सञ्यार संस्था या व्यक्तित्व सर्वसत्ताको आकाङ्क्षाविरुद्ध र जनमान्यताको पक्षमा उभिन हिच्किचाइरहेका छन्। कतिपय सन्दर्भमा त प्रतिगमन र यथास्थितिको गोटी जस्तो भएका छन्। जब शासकले जनमान्यता खण्डित गर्न सक्दैनन् तब भ्रम निर्माण गर्छन् । त्यसमा औसत सञ्चारसंस्था र सञ्चारकर्मी समेत प्रयोग हुन्छन् ।
कतिपय सन्दर्भमा हामी समेत त्यही प्रवृत्ति झेलिरहेका छौं। त्यस प्रवृत्तिलाई कमजोर बनाउन र जनसवाललाई सम्बोधन गरिराख्न जनपक्षीय सञ्बार संस्था र सञ्बारकर्मीको योजनाबद्ध पहल जरुरी छ । किनकि अरु सञ्चारकर्मी समाचार मात्र बोक्छन्, हामी समाचारसँगै चेतना बोक्छौं। त्यसैले यथास्थितिको सट्टा अग्रगमन, भ्रमको सट्टा यथार्थ र जड र स्थिरताको सट्टा वैज्ञानिक गतिशीलता हामी अग्रगामी सज्बारकर्मीको मूल विशेषता हुनु पर्छ।
जनमान्यताअनुसारको नेतृत्वदायी र विचार निर्माण हैसियत राख्ने सञ्यारकर्मीको प्रभाव सङ्ख्यामा त जबर्जस्त नै छ तर यस प्रभावलाई व्यापक र आम तहमा पुऱ्याउने संस्थागत योजना भने शून्यप्रायः छ। हो, क्रान्ति र आदर्शका लागि हिजो हामी पत्रिकाको आर्थिक व्यवस्थापनलाई जेनतेन भेलेर मध्यरातसम्म कलम घोटेर, छापाखानामा पत्रिका मुठो पार्न जान्थ्यौं । वितरणमा बिहानभरी कुद्ध्यों । आज बजार मान्यता र प्रविधिका कारण त्यो समस्या छैन । तर प्रविधिले मिडियालाई यति सुदृढ गरेको छ कि त्यसमा चाहिँ हामी अपेक्षित उन्नत हुन सकेका छैनौं।
आन्दोलनले निर्माण गरेको सुदृढ आर्थिक, सामाजिक, राजनीतिक तयारीले होइन कि व्यक्ति र संस्थाको चेतनाले मात्रै आवको प्रगतिशील सञ्चार गतिविधि जेनतेन चलेको छ । यस आन्दोलनका रूपमा विकास गर्न र सम्पूर्ण रूपमा प्रविधिमैत्री बन अब ढिलो भइसकेको छ। यसलाई चेतनागामी, आन्दोलनग दीर्घकालीन बनाइराख्न साङ्गठनिक पहल भएन भने मान्यताप सञ्चार प्रभाव कमजोर पर्ने खतरा छ। सत्यको निरुपण गर्दै आफ्ना आदर्श र मूल्यमान्यातावारे निर्यामत परख गर्ने, बहस गर्ने, खबरदारी गर्ने तथा सही शिक्षा र सूचनालाई महत्त्व दिइराख्ने कामलाई बैज्ञानि र प्रविधि उच्चतामा व्यवस्थित गर्न अब ढिलो गर्नु हुँदैन। र, स्थ पक्षमा वैज्ञानिक समाजवादको लक्ष्य लिने राजनीतिक प्रवृत्ति संस्थागत योजना बनाएर प्रोत्साहित गर्न पनि ढिलो गर्नु हुँदैन।
आजसम्मका आन्दोलनले राज्यका स्रोत र संयन्त्रको केही पुनर्सरचन गरेसँगै हामी अग्रगामी सञ्चारकर्मीको सामाजिक दायित्व अरु बढेक छ। प्रादेशिक र स्थानीय विचारमन्धन र रुपान्तरण प्रार्यामकतामा पै गर्न बाँकी छ। जनताको आधारभूत उपस्थिति रहेको स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ र संघ र प्रदेशको चुनाव सन्निकट छ। त्यसले राजनीतिक नेतृत्व त पाएकै छ वा पाउने नै छ तर त्यसलाई जनपक्षीय विकास नेतृत्व बनाउने वैचारिक अभियान र जनदबाव सिर्जना गर्न नसक्ने हो भने आमतहमा राज्य पुनर्सरचनामाथि अविश्वास पैदा हुने खतरा रहन्छ। राष्ट्र (जनता) भित्रको विविधत नै राज्य हो। त्यसैले विविधतामूलक नेपाल बहुराष्ट्र भएको देश हो त्यसको एकीकृत र समुच्च रुप हो राष्ट्रियता। शोषित, उत्पीडित आन्तरिक राष्ट्रियतालाई समुन्नत बनाउनकै लागि सङ्घीयताको अवधारणा आएको हो। जातीय, बर्गीय, क्षेत्रीय, लैङ्गिक, आर्थिक भाषागत, सांस्कृक्तिक उन्नययन नै राष्ट्रियता बलियो बनाउने कड़ी हो। यसपक्षमा हामीले नै आधारभूत तह आगृत हुनेगरी विकारु चेतना निर्माण गर्न अन्यन्त जरुरी छ।
नेपाली राजनीतिको परिवर्तनपछिको अवस्थालाई ठोस विश्लेषण गर्दै समाजवादमा संक्रमण हुन अबको आन्दोलनको मूल चरित्र कस्तो हुनुपर्छ भन्ने विषयमा अग्रगामी चेतनासहितका हामी सज्बार कर्मीले बहसको फोरम चलाउनु पर्छ।
हाम्रो संगठन र हामी सम्बद्ध सञ्चारकर्मी, जो जनन्यायको पक्षमा छी. हामीले सबै घटना, गतिविधि र प्रवृत्तिको वैज्ञानिक र समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ। सविधानले भनेझै समाज कसरी समाजवाद उन्मुख हुन्छ ? समाज, समाजवादको सङ्क्रमण चरणमा कसरी पुग्छ ? अनि त्यो समाजवाद कस्तो हुन्छ ? पुँजीवादी/जनवादी क्रान्तिले समाधान गर्न नसकेका विषय समाजवादले कसरी समाधान गर्छ ? आजको हाम्रो सञ्चार वैचारिकी यसैको वरिपरि केन्द्रित हुनु पर्छ। हाम्रो संगठनको कान्तिकारी आदर्शलाई चौतर्फी हमलाबाट जोगाउँदै वैज्ञानिक समाजवादको यात्रामा सारधी बनौ।
अध्यक्ष
प्रेस सेन्टर नेपाल