प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले ‘प्रेस र जनप्रतिनिधिको भेट’ शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण गरेका थिए । उनले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्दै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिए ।युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताका अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेराबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गरे ।
कार्यक्रममा महालक्ष्मी–६ का वडाध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी सङ्गठनले सहयोग नगरेको दुःखेसो पोखे ।
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले आफ्नो ऐतिहासिक बस्ती खोकनाको सवल पक्षको प्रचारप्रसारमा ध्यान दिन पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरे ।
कोन्ज्योसोम– ५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीका रूपमा वर्षौं दुःख खेपेको बताए । उनले अहिले भारदेउ राजधानीको नजिकको पर्यटकीयस्थल रहेको बताउँदै सोकाबारेमा उजागार गर्न पत्रकारलाई आग्रह गरे ।
बागमती गाउँपालिका–५, इकुडोलका अध्यक्ष नवराज तिमल्सिनाले जिल्लाका हरेक पालिकाका सम्भावनालाई उजागर गर्न पालिका तहमै पुगेर जनप्रतिनिधिसँग बहस र छलफलका कार्यक्रम चलाइनुपर्नेमा जोड दिए ।
माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफूले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला संयोजक शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।