हाम्रो बारेमा
प्रेस सेन्टर नेपालको इतिहास
सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।
सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा क. महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।
संगठन
प्रेस सेन्टर
नेपाल
“सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरूको साझा संगठन”
केन्द्रिय समिति
प्रेस सेन्टर नेपालको केन्द्रीय समिति संगठनको मुख्य आधिकारीक र कार्यकारी निकाय हो । यो महाधिवेशनबाट निर्वाचित गरिन्छ र विधानतः यसको कार्यकाल ३ वर्षको रहेको छ । चितवनमा २०७८ मंसिरमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट प्रेस सेन्टर नेपालको केन्द्रीय समिति १ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । केन्द्रीय समितिको अध्यक्ष विष्णु सापकोटा जुगल हुनुहुन्छ । केन्द्रीय समितिमा समावेशीताको सिद्धान्त अवलम्बन गरिएको छ । Read More
प्रदेश समिति
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक संघिय संरचनामा जाने संगठन प्रेस सेन्टर नेपाल नै हो । यसको संविधान अनुसारको ७ वटा भौगोलिक प्रदेश समिति, १ उपत्यका प्रदेश समिति, दुईवटा गैर भौगोलिक प्रदेश समिति (प्रष्ठिान र एशोसिएट) तथा १ प्रवास समिति गरी ११ वटा प्रदेश समिति रहेका छन् । संगठनको विधान अनुसार यसको प्रदेश समिति बढिमा ४१ सदस्यीय बनाउने व्यवस्था गरिएको छ । प्रदेश समितिमा १५ जना पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष १ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष १ जना, महिला उपाध्यक्ष १ जना, समावेशी उपाध्यक्ष १ जना, महासचिव १ जना, सचिव ८ जना र कोषाध्यक्ष १ जना रहने व्यवस्था गरिएको छ । प्रदेश स्तरमा हुने संगठनको सबै निर्णय र गतिविधिको जिम्मेवारी यस प्रदेश समितिको हुनेछ । यो कार्यकारी अधिकार सम्पन्न संरचना हो । Read More
जिल्ला समन्वय समिति
प्रेस सेन्टर नेपालको जिल्ला स्तरको संरचना जिल्ला समन्वय समिति हो । यो कार्यकारी अधिकार सम्पन्न समिति होइन । यसले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेपछि मात्रै लागु हुने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति जिल्ला अधिवेशनबाट निर्वाचित गरिन्छ । जिल्ला समन्वय समिति बढिमा २१ सदस्यीय रहनेछ भने यसमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ सदस्यीय पदाधिकारी रहेको हुन्छ । महानगर समितिलाई पनि जिल्ला समितिको मान्यता र कार्यकारी अधिकार दिइएको हुन्छ । यसको संरचना जिल्ला समन्वय समिति बराबर हुन्छ । Read More
पदाधिकारी
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी समिति केन्द्रीय समिति अन्तरगत रहेको कार्यकारी समिति हो । हाल संगठनको केन्द्रीय पदाधिकारी ६१ सदस्यीय रहेको छ । केन्द्रीय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको काठमाडौंमा सम्पन्न दोश्रो पुर्ण बैठकबाट अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्षहरु १९ जना, महासचिव १ जना, उपमहासचिव १० जना, सचिव २६ जना, कोषाध्यक्ष १ जना र सहकोषाध्यक्ष १ जना गरी ६१ सदस्यीय पदाधिकारी समिति निर्वाचित गरेको थियो । संगठनको महत्वपूर्ण निर्णय लिने काम यस समितिले गर्दछ । यस समितिले गरेको निर्णय केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने व्यवस्था रहेको छ । Read More
विभाग
प्रेस सेन्टर नेपालको जिल्ला स्तरको संरचना जिल्ला समन्वय समिति हो । यो कार्यकारी अधिकार सम्पन्न समिति होइन । यसले गरेको सिफारिस प्रदेश समितिले अनुमोदन गरेपछि मात्रै लागु हुने व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति जिल्ला अधिवेशनबाट निर्वाचित गरिन्छ । जिल्ला समन्वय समिति बढिमा २१ सदस्यीय रहनेछ भने यसमा अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ सदस्यीय पदाधिकारी रहेको हुन्छ । महानगर समितिलाई पनि जिल्ला समितिको मान्यता र कार्यकारी अधिकार दिइएको हुन्छ । यसको संरचना जिल्ला समन्वय समिति बराबर हुन्छ । Read More
पालिका समिति
संघिय व्यवसथा अनुसार सबै स्थानिय तहमा एक समिति रहनेगरी पालिका समिति निर्माण गर्ने व्यवसथा विधानमा गरिएको छ । पालिका अधिवेशनबाट पालिका समिति गठन गरिन्छ । पालिका समिति कार्यकारी अधिकार सम्पन्न संरचना हो । यसमा बढिमा ११ जना सम्मको कार्यसमिति रहने व्यवसथ गरिएको छ । एशोसिएट, प्रतिष्ठान शाखाहरु पनि पालिका समितिसरह मान्यता र अधिकार प्राप्त निकाय हुनेछन् । Read More
अध्यक्षको सन्देश !

नेपाली राजनीतिको परिवर्तनपछिको अवस्थालाई ठोस विश्लेषण गर्दै समाजवादमा संक्रमण हुन अबको आन्दोलनको मूल चरित्र कस्तो हुनुपर्छ भन्ने विषयमा अग्रगामी चेतनासहितका हामी सञ्चारकर्मीले बहसको फोरम चलाउनु पर्छ । हाम्रो संगठन र हामी सम्बद्ध सञ्चारकर्मी, जो जनन्यायको पक्षमा छौ हामीले सबै घटना, गतिविधि र प्रवृत्तिको वैज्ञानिक र समाजशास्त्रीय निरुपण गर्दै अगाडि बढ्नु जरुरी छ । संविधानले भनेझै समाज कसरी समाजवाद उन्मुख हुन्छ ? समाज, समाजवादको सङ्क्रमण चरणमा कसरी पुग्छ ? अनि त्यो समाजवाद कस्तो हुन्छ ? पुँजीवादी/जनवादी क्रान्तिले समाधान….
गतिविधिहरू
प्रेस सेन्टर नेपालले तीनै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
प्रेस सेन्टर नेपालले तीनै तहको सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाएको छ। आइतबार संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई एकसाथ ज्ञापन पत्र बुझाइएको हो । साथै सबै जिल्ला प्रशासन कार्यालयमा पनि प्रेस सेन्टर नेपालले ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष कमल गिरीको नेतृत्वमा सिंहदबारस्थित मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा...
प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं । हाम्रो गौरवशाली संगठन प्रेस सेन्टर नेपालको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण...
प्रेस सेन्टरको नेपालको महाधिवेशन सम्पन्न, अध्यक्षमा गिरी र महासचिवमा घर्ती निर्वाचित
प्रेस सेन्टर नेपालको अधिवेशन चैत १७ गते सम्पन्न भएको छ । काठमाडौंको काठमाडौं ब्याङक्वेटमा सम्पन्न अधिवेशनले बरिष्ठ...
अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको ५ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरिएको छ । चैत १२...
प्रेस सेन्टर नेपालको मतदाता नामावली प्रकाशित
काठमाडौं । प्रेस सेन्टर नेपालको निर्वाचन समितिले प्रतिनिधि तथा प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । संगठनको...
हाम्रा प्रकाशनहरू
घोषणा पत्र
प्रेस सेन्टर नेपालले विभिन्न समयमा सार्वजनिक …..
मुखपत्र
संगठनको वैचारिक तथा आधिकारिक धारणाहरु… !
प्रेस वक्तब्य
संगठनले सार्वजनिक गरेका आधिकारिक धारणा….
अन्य सामाग्रीहरू
विभिन्न परिवेशमा संगठनले आवस्यक ठानी प्रकाशन….
महासचिवको सन्देश !
चुनौतिसंगै पछिल्लो समयमा नेपालमा सुचना सञ्चार र प्रविधीले फड्को मारिरहेको छ । प्रेस सेन्टर नेपालले डिजिटल फ्रेमवर्कलाई आवश्यकता महसुस गरि सुचना सञ्चार र प्रविधीको क्षेत्रमा मौलाई रहेको नविनतम् विकासलाई समेट्दै गईरहेको छ । प्रेस सेन्टर नेपाल आम श्रमजीवी पत्रकारहरूको पक्षमा, साना लगानीका मिडियाहरूको पक्षमा, सुचनासञ्चारको विकासको पक्षमा, सुशासन, विकास र समृद्धिको पक्षमा र अग्रगामी परिवर्तनको पक्षमा दृढ छ । पत्रकारको क्षमता अभिवृद्धि, मिडियाहरूको व्यवस्थित परिचालन र पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा कृत संकल्पित र निरन्तर क्रियाशील छ ….
विचार / अन्तर्वार्ता
अभिव्यक्ति
कस्ले के भने !
हाम्रो पार्टीले विगतदेखि नै प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढेको छ। हामीसँग प्रेसलाई लुकाउनुपर्ने केही पनि छैन। प्रविधिको विकाससँगै प्रेसले पनि आफूलाई समयानुकूल परिमार्जन गर्दै जानुपर्ने आवश्यकता छ। जनमतलाई प्रभावित बनाउन वा जिम्मेवार बनाउन प्रेसको ठूलो भूमिका हुन्छ। पार्टी अव्यवस्थित भएको अवस्थामा समेत प्रेस सेन्टरलाई व्यवस्थित बनाउने तपाईंहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
अहिले पनि हामी वर्गसङ्घर्षमै छौं। हामीले सरकार, सदन र सडक तीनवटै मोर्चाको सङ्घर्षमार्फत नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने, नेपाली मोडेलको २१औं शताब्दीको समाजवाद स्थापना गर्ने भनेका छौं । नयाँ ढङ्गको सङ्घर्ष मोर्चा अगाडि बढाउने सन्दर्भमा सञ्चारजगतको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसैले प्रचारयुद्धको विशेष महत्त्व छ । ‘प्रेस सेन्टर नेपाल’ले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ । शुभकामना !
श्रब्य दृष्य सामाग्री

हाम्रो वेवसाइट भिजिट गर्नुभएकोमा हार्दिक धन्यवाद ! हामीलाई सम्पर्क गर्नुपरेमा वा हामीसँग कुनै गुनासो प्रतिक्रिया भएमा…..
तल उल्लेख गरिएको माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ !
महत्वपूर्ण लिंकहरू
सम्पर्क ठेगाना : केन्द्रीय कार्यालय, काठमाण्डौ महानगरपालिका-११, बबरमहल, काठमाडौं
फोन सम्पर्क: 9851112027 (महासचिव) | 9860257329 (कार्यालय सचिव)
E-mail: presscentrenepal@gmail.com
















