प्रेस सेन्टर नेपाल / संस्थापक
देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्टिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने उद्देश्य राखेर २०६१ पुस २३ गते रोल्पाको इरिवाङमा क्रान्तिकारी पत्रकारहरुको भेला भएको थियो ।
त्यसलगत्तै ०६१ माघ १५ गते रुकुमको लावाङमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भयो । दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन ३० देखि चैत्र १ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले संगठनको नाम क्रान्तिकारी पत्रकार संघ, नेपाल राखेको हो । २०७३ जेठ १९ गते भएको क्रान्तिकारी पत्रकारहरुको भेलाले संगठनको नाम परिवर्तन गरी प्रेस सेन्टर नेपाल गठन गरेको हो ।