दैलेख – प्रेस सेण्टर नेपालको जिल्ला सम्वन्य समिती, दैलेखको तेस्रो जिल्ला अधिवेशनले दैलेखमा तीर्थ भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । दैलेख सदरमुकाममा भएको उक्त अधिवेशनले उपाध्यक्षद्वय सर्वजीत थापा, तुलसी कटुवाल, सचिव भीमबहादुर सारु, सहसचिव केशव पौडेल र कोषाध्यक्ष सुनिता सोनीलाई चयन गरेको हो ।

नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस सेण्टर नेपाल दैलेख शाखाको कार्यसमिति सदस्यहरुमा प्रकाश पुलामी, भरतबहादुर शाही, पूर्णबहादुर बिष्ट, डेबिन थापा, रोशन थापा निर्बिरोध चयन हुनुभएको छ । साथै प्रदेश प्रतिनिधिमा हेमा खड्का र कृष्णप्रसाद शर्मा अनि केन्द्रीय प्रतिनिधि रामकृष्ण कठायत छनौट गरिएको छ ।

प्रेस सेण्टर नेपाल दैलेखका नवनिर्वाचित अध्यक्ष तीर्थ भण्डारी नेपाल पत्रकार महासंघको अघिल्लो कार्यकालमा कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँ फोटो पत्रकार संघका कर्णाली प्रदेश समितिका महासचिव, गज्जव नेपाल अनलाइनको सम्पादक र हास्यव्यग्य कलाकारका रुपमा परिचित हुनुहुन्छ ।