दाङ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति दाङको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । यही पुस १८ गते भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट जनक नेपाली अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै जीवन नेपाली उपाध्यक्ष र पुष्पा पौडेल समावेशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिवेशनले दीपक बोहरालाई सचिवमा निर्वाचित गरेको छ भने सहसचिवमा गिरिराज नेपाली र सन्तोष डाँगी निर्वाचित हुनुभएको छ । त्यस्तै कोषध्यक्षमा दीपक ओली निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा वीरेन्द्र वली, लालसुर बिष्ट, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुलबहादुर कवँर मगर, आलोक भावुक, शान्तकुमार बुढा, टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा निर्वाचित हुनुभएको छ ।