रुकुम पूर्व । प्रेस सेन्टर नेपाल रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । यही पुस १८ गते भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
जिल्ला अधिवेशनले जयमान बुढालाई अध्यक्षतामा निर्वाचित गरेको छ । बुढाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सम्मेलनले उपाध्यक्षमा शिखर विश्वकर्मा र निमा पुनलाई निर्वाचित गरेको छ । त्यस्तै हिक्मत पोर्टेल सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा विशाल घर्ती र विकाश बुढा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा श्रीधर खड्का निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा निराजन बि क, सामना घर्ती, लोक प्रसाद बुढाथोकी, तेजेन्द्र शेर्पाली, प्रिया बुढाथोकी, दुर्गा विश्वकर्मा, आशकुमारी रोका, शेषकुमारी सुनार, धनमाया पुन र ममता नेपाली निर्वाचित हुनुभएको छ ।