कालीकोट । प्रेस सेन्टर नेपाल कालीकोटको अध्यक्षमा बिरेन्द्र आचार्य दोहोरिएका छन । शुक्रवार भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन अध्यक्षमा दोहोरीएका हुन भने उपाध्यक्षमा पूर्ण सिंह बम, सुरशा नाथ योगी, सचिव कमल बुढा, सहसचिव दिनेश फर्साल र धन बहादुर शार्की, वरिष्ठ सदस्यमा केशव शाही, सजिप्ता बम,सदस्यहरु – दिलिप चौलागाई, कल्पना चौलागाइँ, सुस्मिता बिक, सत्य रोकाया, ऐनराज कार्की,तिलक विष्ट र एक सदस्य खाली तिलागुफा रहेका छन। तेस्रो जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी सहितका सदस्यलाई प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दिपेन्द्र शर्मा सहितको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
उक्त अधिवेशनबाट निर्वाचित पदाधिकारीका तर्फबाट नवनिर्वाचित अध्यक्ष बिरेन्द्र आचार्यले प्रतिवद्धता व्यक्त गर्दै यस अघिको कार्यकालमा संगठनको लागि निरन्तर काम गर्दै आएको र अधुरा कामको पूर्णता दिने बताएका छन । तेस्रो अधिवेशनबाट प्रेरणा विक लगायतका ६ जना प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधिमा रुपेन्द्र ऐडी सहित ४ जना चयन गरिएको छ ।