वीरगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साको छैठौँ अधिवेशन सम्पन्न भएको छ । यही पुस १९ गते शुक्रबार वीरगञ्जस्थित होटल क्लासिक ब्याङ्क्वेटमा जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट शिवनाथ यादव जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला उपाध्यक्षमा कृष्णमोहन साह निर्वाचित हुँदा समिना रञ्जितकार उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिवेशनले सचिवमा अजित भुजेल र सहसचिव बिदुर गौतमलाई निर्वाचित गर्दा रञ्जित यादव तथा कोषाध्यक्षमा निर्वाचित हुनुभयो ।
त्यस्तै, रितेन्द्र झा, माधव तिमल्सिना, दीपेन्द्र साह, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, बिशाल पटेल, संजोग गिरी र सन्तोष कुशवाहा सदस्यमा निर्वाचित हुनुभएको छ ।