म्याग्दी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति म्याग्दीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । बेनीबजारमा यही पुस २० गते जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

जिल्ला सम्मेलनले १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । अध्यक्षमा कमल खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सन्दीप खत्री तथा सुरेन गुरुङ निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा कलमजीवी निर्वाचित हुनुभएको छ भने सहसचिवमा शिव गौतम र सजिना खड्का निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा दुर्गा आचार्य गौतम निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कुशल शर्मा, कृष्णराज पौडेल, सुप्रिना किसान, दिलिप पुन, भिषण खत्री, इन्द्र विक तथा भरत विका निर्वाचित भएका छन् ।