इलाम । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति इलामको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार इलाम सदरमुकाममा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले जिल्ला अध्यक्षमा नमीन ढकाललाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा लीलाबहादुर लिम्बु र सरिता राई निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट नवीन फागो सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा ज्ञानेन्द्र चापागाईं निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा गंगा पराजुली चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा रेवकिा तोलाङ्गी (दुर्गा), अञ्जली राई, विपना लिम्बू, राजेश राई, मनकुमार लिम्बु, धमप्रसाद जबेगु, डिल्लीमाया योङहाङ, देवेन्द्र पौडेल, गोपाल गिरी र राजन खतिवडा निर्वाचित हुनुभएको छ ।