पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । फिदिमको सगुन होटलमा यही पुस २० गते शनिबार भव्यताका साथ सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

जिल्ला अधिवेशनबाट युद्धबहादुर बोहरा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा रोहित आङ्बो र निशा लोवा निर्वाचित हुनुभएको छ ।

सचिवमा सुवाश राई निर्वाचित हुँदा सहसचिवमा जिपी अधिकारी र उत्तर लिम्बु निर्वाचित हुनुभएको छ । कोषध्यक्षमा रजनी हाङ्सरुम्बा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा पुरन सुकिता, अशोक लावती, संगिता अधिकारी र इच्छा लिम्बु निर्वाचित हुनुभएको छ ।