लुम्बिनी । लुम्बनी प्रदेशमा प्रेस सेन्टरले जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न गरिरहेको छ । प्रेस सेन्टर नेपालले लुम्बिनी प्रदेशको अधिवेशन माघ ७ गते र माघ १५ गते हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लागि जिल्ला अधिवेशनहरु धमाधम गरिरहेको हो ।
लुम्बिनी प्रदेशमा यसै सातामा रोल्पा, प्युठान दाङ, रुकुम पूर्व, पाल्पा र बर्दिया जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको छ ।
नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यतामा १४ गते अर्थात आइतबार भएको रोल्पाको अधिवेशनले स्मृति रोकामागरको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत रुपमा कार्य समिति चयन गरेको छ ।
अध्यक्ष– स्मृति रोका, उपाध्यक्ष– जुनिस कुमार विष्ट, उपाध्यक्ष दिपक शाह संर्घष, सचिव– बुद्विमान वली, सहसचिव– अनिल खत्री, सहसचिव खुमबहादुर सुनार, कोषाध्यक्ष बन्दना घर्तीमगर, सदस्यहरू सर्मिला विक, तेजविर वि।सि, सुनसरी बुढा, टेकमन विष्ट, आशिष डाँगी, भुपेन्द्र कवर, सफल बुढामगर, बिरेन्द्र गिरी, मधुकर डाँगी र पुर्णबहादुर बुढामगर रहनुभएको थियो ।
प्रेस सेन्टर नेपाल दाङ शाखाको अधिवेशन १८ गते सम्पन्न भएको छ । सो अधिवेशनले जनक नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला शाखा निर्माण गरेको छ । जसमा अध्यक्ष जनक नेपाली, उपाध्यक्ष जीवन नेपाली, उपाध्यक्ष पुष्पा पौडेल, सचिव दीपक बोहरा, सहसचिव गिरिराज नेपाली, सहसचिव सन्तोष डाँगी, कोषाध्यक्ष दीपक वली, सदस्य वीरेन्द्र वली, सदस्य लालसुर बिष्ट, सदस्य सृजना विश्वकर्मा, सदस्य मधुसूदन गिरी, सदस्य तुलबहादुर कवँर, सदस्य आलोक भावुक, सदस्य शान्तकुमार बुढा सदस्य टेकराज भण्डारी, सदस्य नोखीराम बिक, सदस्य अन्जना विश्वकर्मा रहनुभएको छ ।
यसैगरी रुकुम पूर्वमा १८ गते सम्पन्न प्रेस सेन्टर नेपाल रुकुम ९पूर्व० को दोस्रो जिल्लाअधिवेशनबाट सर्वसम्मत ढंगले निर्वाचित अध्यक्ष जयमान बुढा नेतृत्वको १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । अध्यक्ष जयमान बुढा, उपाध्यक्ष शिखर विश्वकर्मा, उपाध्यक्ष निमा पुन, सचिव हिक्मत पोर्टेल, सह– सचिव बिशाल घर्ती, विकाश बुढा, कोषाध्यक्ष श्रीधर खड्का , निराजन बि।क।, सामना घर्ती, लोक प्रसाद बुढाथोकी, तेजेन्द्र शेर्पाली, प्रिया बुढाथोकी, दुर्गा विश्वकर्मा, आशकुमारी रोका, शेषकुमारी सुनार, धनमाया पुन, ममता नेपाली निर्वाचित हुनुभएको छ ।
यसैगरी १९ गते भएको जिल्ला शाखा पाल्पाको अधिवेशनले कृष्ण दर्लानको नेतृत्वमा १७ सदस्यीय निर्माण गरिएको छ । जसमा उपाध्यक्ष दोलाराम बिश्वकर्मा, उपाध्यक्ष संगीता आचार्य, सचिव कमल अधिकारी, सहसचिवमा सुनज भुसाल, रितु कामु मगर, कोषाध्यक्षमा गंगा सुयाल मगर, सदस्यमा शिव पोख्रेल, विष्णस कोइरालाm भोजबहादुर चिदी, ऋषिराम अचार्य, माधवराज पन्त, प्रेम राना, सुनिता खाम्चा, रोहिन सेन्चुरी, सुमना नेपाली, रेजिना सोमै रहनुभएको छ ।
यसै गरी १६ गते सम्पन्न प्रेस सेन्टर नेपाल प्युठान शाखाको सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित यादव पौडेल नेतृत्वको जिल्ला कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष यादब पौडेल, उपाध्यक्ष रमेश गिरी, उपाध्यक्ष राधिका भुसाल, सचिव केशर सुनार, सहसचिव गन बहादुर विक, कोषाध्यक्ष सन्तोष सुनार, सदस्य पदम बहादुर केसी, सदस्य पशुपती न्यौपाने, सदस्य सिपि पौडेल, सदस्य तेजेन्द्र परियार, सदस्य बिबस जिएम, सदस्य सूचना पोख्रेल, र सदस्य भुवन विश्वकर्मा रहुनभएको छ ।
यसैगरी शनिबार नै वर्दिया शाखाको अधिवशेन सम्पन्न हुँदैछ । यो सामाचार तयार पर्दासम्म बन्द सत्र टुंगिएको छैन । कपिलबस्तुमा यस अघिनै मनिस कार्कीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । अब लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पश्चिम नवलपरासी, रुपेन्देही, अर्घाखाँची, गुल्मी र बाँके गर्न बाँकी रहेका छन् ।