बर्दिया । प्रेस सेन्टर नेपाल बर्दियाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २० गते बर्दियाको गुलरियामा भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले गान्दिपलाल कायस्थलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा टिकाराम चौधरी र रावन विश्वकर्मा निर्वाचित हुनुभएको छ । होमेन्द्र थापा सचिवमा निर्वाचित हुनुहुँदा सहसचिवमा विन्दु चौधरी र सरोज कामत तथा कोषाध्यक्षमा डम्मर परियार निर्वाचित हुनुभएको छ ।
यस्तै उमा नगरकोटी, निर्मला चौधरी योगी, उमेश पौडेल सदस्यमा निर्वाचित हुनुभएको छ । जिल्ला अधिवेशनले ४ जना कार्यसमिति सदस्यहरूको मनोनयन पछि गर्ने निर्णय पनि गरेको छ ।