हुम्ला । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति हुम्लाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २० गते शनिबार हुम्लाको सिमकोटमा जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।
अधिवेशनले तिलसरा बिकलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा भक्तराज ऐडी र सजना विक निर्वाचित हुनुभएको छ । त्यस्तै अविनास लामा सचिवमा निर्वाचित हुनुभएको छ भने दिनेश रावत र कमिलाल ऐडी सहसचिव निर्वाचित हुँदा जय भण्डारी कोषाध्यक्ष चयन हुनुभएको छ ।
त्यसैगरी जिल्ला कार्य समितिको सदस्यहरुमा दिपबहादुर विक, छवाङ लामा, रुपबहादुर ऐडी, अमृत बोहरा, प्रकाश शाही, धनजित भण्डारी र यज्ञबहादुर शाही निर्वाचित हुनुभएको छ ।