राजविराज, २२ पुस । प्रेस सेन्टर नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन सोमवार भव्य रुपमा सम्पन्न गरेको छ । सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी देवराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको महासचिव गोपाल प्रसाद गुप्ता ,सेन्टरकै प्रदेश सचिव धु्रव कुमार मण्डल,सेन्टरकै प्रदेश कोषाध्यक्ष दिपेन्द्र कुमार यादव अखिल नेपाल किसान महासंघको केन्द्रिय उपाध्यक्ष हरिनारायण महतो, नेपाल राष्ट्रिय कर्मचारी संगठनको मधेश प्रदेश अध्यक्ष विकु यादव, लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।अधिवेशनले सर्वसहमतीमा अध्यक्षमा विन्दु कुमार यादव,उपाध्यक्षमा कमानन्द माझी,महिला उपाध्यक्षमा मञ्जु यादव,सचिवमा जितेन्द्र गुप्ता र कोषाध्यक्षमा भुपेन्द्र मण्डललाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा दिपक चौधरी,त्रिभुवन यादव,शिव नारायण यादव,गिरिजा यादव,नेहा रानी गुप्ता,मनोज कुमार यादव लगायत १५ सदस्य जिल्ला कार्य समिती चयन गरेको छ । यसैगरी सल्लाहकारमा महेन्द्र मण्डल बनवारीलाई चयन गरेको छ ।