सिरहा । प्रेस सेन्टर नेपाल, सिरहाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । यही पुस २३ गते मंगलबार सिरहाको गोलबजारमा भव्यताका साथ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
जिल्ला अधिवेशनले रामभरोसी यादवलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा मुकेश कुमार यादव र सन्तोष साहलाई निर्वाचित गरेको छ । त्यस्तै सचिवमा सुदिप राउत तथा सह–सचिवमा सुरेश राय र आशानन्द यादj निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नैना चौधरी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा रामनारायण ठाकुर, विवेक परियार, अनुभक्त चौधरी, मोहन कुमार साह, विनोद कुमार ठाकुर, सुनिल कुमार साह, अनिषा साह, ज्ञानकुमार राय र राम कविर पासवान निर्वाचित हुनुभएको छ ।