डडेल्धुराःप्रेस सेन्टर नेपाल डडेलधुराले छैठौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सम्पन्न अधिवेशनले प्रेस सेन्टर नेपाल डडेल्धुराको अध्यक्षमा पुनः भीम दाहाल निर्वाचित गरेको हो । बिहीबार जोगबुडामा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनबाट दाहाल सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो ।
साथै, उक्त अधिवेशनले नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भोज लुहार र जानकी धामी, सचिवमा भक्त बोहरा, सह–सचिवमा सुजन खत्री र लक्ष्मी कार्की तथा कोषाध्यक्षमा अर्जुन धामीलाई चयन गरेको छ ।