काठमाडौं। प्रेस सेन्टर काठमाडौं जिल्ला समन्वय समितिको नयाँ कार्यसमिति गठन गरेको छ । शुक्रबार काठमांडौको अनामनगरस्थित सिलौटो कटेजमा सम्पन्न अधिवेशनले अजित अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

आज बसेको समितिको चौँथो अधिवेशनबाट राममणि घिमिरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । यस्तै,समितिको उपाध्यक्षमा रमेश लामिछाने र मनिका खतिवडा निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा सन्तोष तिवारी र सहसचिवमा हिरोज लोप्चन, सहसचिव समावेशीमा अनिशा निरौला,कोषाध्यक्ष मदन नगरकोटी निर्बाचित हुनुभएको छ ।

भने, सदस्यहरूमा अर्जुन गौतम, मञ्जु घिमिरे, अंकध्वज परियार, सूर्यबहादुर लामा, दिलिप न्यौपाने, दिपक योगी, दिलिप गुरुङ, सुनिता तिमल्सिना, ऋग देवकोटा, शैलेश ढुङ्गेल र सुदिप भट्ट निर्वाचित हुनुभएको हो ।