डोटी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत बुधवार सिलगढीमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा किरण धामी सर्वसम्मत निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा कृष्ण चन्द, महिला उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा तेजबहादुर डुम्रेल, कोषाध्यक्ष सीता महता, सह–सचिवमा भरत बम, समावेशी सह–सचिवमा विमला थापा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा मनमोहन ठकुल्ला, प्रशान्त ओली, सुशीला पन्त, शान्ति जोशी र रमेश जोशी रहेका छन् ।