ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको अध्यक्षमा दीपक अर्याल निर्वाचित हुनुभएको छ ।यही पुस २५ गते बिहीबार ललितपुरमा सम्पन्न प्रेस सेन्टर ललितपुरको पाँचौँ जिल्ला अधिवेशनले अध्यक्षमा अर्याललाई निर्वाचित गरेको हो ।
त्यस्तै, उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले निर्वाचित हुनुभएको छ । सचिवमा सागर देवकोटा निर्वाचित हुनुभएको छ भने सह–सचिवमा विसु गुरुङ र रोसन लामा तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा मनबहादुर विक निर्वाचित हुनुभएको छ । सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत निर्वाचित हुनुभएको छ ।