बैतडी । प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा डिआर भट्ट नर्विरोध निर्वाचित हुनुभएको छ । यहि पुस २७ गते बैतडी जिल्ला सदरमुकाममा सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा गोविन्द पन्त (रेडियो निङलासैनी), महिला उपाध्यक्षमा हजारी महरा(रेडियो बैतडी) सचिवमा केशव भट्ट,(निकोखबर) सह–सचिवमा राजेन्द्र महर, रेडियो सौगत) कोषाध्यक्षमा जयन्ती भट्ट (रेडियो सौगात) लगायत अन्य सदस्यहरु चयन भएका छन् । अध्यक्ष भट्ट पछिल्ला ७ बर्षदेखी बैतडीमा रेडियो र अनलाईन पत्रकारितमा सक्रिय पत्रकार हुने भने प्रेस सेन्टरका निर्वतमान कोषाध्यक्ष हुनुहुन्छ ।
प्रेस सेन्टर नेपाल बैतडी शाखाका निवर्तमान अध्यक्ष करुणाकर भट्टको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पूर्व प्रदेश सांसद एवं नेकपा माओवमदी केन्द्रका बैतडी सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्य, विशिष्ट अतिथी केन्द्र सदस्य मदन जोशी, प्रदेश अध्यक्ष भुवन बोहरा, प्रेदश सदस्य तथा पत्रकार महासंघ डडेल्धुराका उपाध्यक्ष ललित बोहरा लगायतका प्रेस सेन्टर नेपालका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।
सेन्टर पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघमा निर्वाचित बैतडी, डडेल्धुरा र दार्जुलाका अधिवेशनमा सहभागी निर्वाचित तथा बैतडीमा रेडियो स्थापना गरेर पत्रकार जन्माउने अग्रज पत्रकालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मानीत हुनेमा बैतडीकै पहिलो रेडियो सौगात एफ एमका संचालक बशुदेव भट्ट, नवनिवार्चित नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरि बडु, नेपाल पत्रकार महासंघ डडेल्धुरा उपाध्यक्ष ललित बोहरा, नेपाल पत्रकार महासंघ बैतडी सचिव बिनोद बिष्ट, कोषाध्यक्ष करुणाकर भट्ट, प्रदेश परिषद सदस्य डिआर भट्ट र नेपाल पत्रकार महासंघ दार्जुला शाखाका सहसचिव हरिप्रसाद भट्टलाई सम्मान गरिएको हो ।बैतडीमा प्रेस सेन्टर नेपालले पत्रकार महासंघमा कोषाध्यक्षसहित प्रदेश परिषद सदस्य जितेको छ ।