बारा। प्रेस सेन्टर नेपाल बाराको पाँचौँ जिल्ला अधिवेशन तथा साधारण सभा गत सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित होटेल पराडाइजको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा रञ्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रदीप गौतम, महिला उपाध्यक्षमा प्रियंका सर्राफ, सचिवमा अखिलेश कुमार यादव, सहसचिवमा विशाल सराफ र काजल कार्की परियार, तथा कोषाध्यक्षमा शर्मालाल बैठा चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अरुण कुशवाहा, पप्पु साह, महेन्द्र सहनी, राकेश चौधरी, र बिकाश गुरुङ चयन हुनुभएको हो ।
अधिवेशनले प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासङ्घ बारा कार्यसमितिका कोषाध्यक्षमा निर्वाचित रञ्जन यादव, जिल्ला कार्यसमिति सदस्य शर्मालाल बैठा, प्रदेश सचिव दीपक गौतम, र केन्द्रीय सदस्य राजु विश्वकर्मालाई सम्मान गरेको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, नेकपा माओवादी केन्द्रका बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल), केन्द्रीय सदस्य गीता कंडेल र शिला खनाल, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल, कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साह, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, र नेपाल प्रेस युनियनका अध्यक्ष श्यामबाबु यादवले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।