लमजुङ । प्रेस सेन्टर नेपाल लमजुङको ५ औँ अधिवेशन सम्पन्न भएको छ । गत सोमवार प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ (जलन) को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले मस्र्याङदी ९ निवासी वासुदेव थापालाई अध्यक्षमा सर्वसहमत चयन गरेको छ । यसैगरी उपाध्यक्षमा दुधपोखरी ३ निवासी जुना तामाङ, सचिव दोर्दी २ निवासी प्रमिला रेग्मी, कोषाध्यक्ष दोर्दी ९ निवासी सुनिता बि क सहसचिव सुन्दरबजार ९ निवासी निरज श्रेष्ठलाई चयन गरेको छ ।
साथै, सदस्यहरुमा सुष्ना के.सी, सुस्मिता नेपाली, चिनबहादुर विक, अर्चना घिमिरे, विनोद मजाकोटी, अंकित रेग्मी र सन्देश दवाडीलाई चयन गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र लमजुङका सचिव सुनिल सुनार, सुन्दरबजार नगर समिति अध्यक्ष मुरारी भुजेल, प्रेस सेन्टर केन्द्रीय सदस्य कमला के.सी, रेडियो भोटेओडारका अध्यक्ष हरि प्रसाद अधिकारी, नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य भीमबहादुर कार्की, प्रेस सेन्टर गोरखाका अध्यक्ष राजेश पौडेल लगायतको आतिथ्यता रहेको थियो । सचिव प्रमिला रेग्मीले स्वागत गरेको कार्यक्रम वासुदेव थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।