काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा निर्बाचित हुनुभएको छ । यस्तै, सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा, कोषाध्यक्षमा मोतिलाल मोक्तान निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का र महासचिव सन्तोष पौडेल, प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ लालध्वजले गर्नुभएको थियो । सोहि अवसरमा उहाँले देश र जनतालाई आहात गरिरहेको सरकारको भन्डाफोर गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका दोङले जनपक्षीय पत्रकारिताको तागत देखाइदिन पनि आग्रह गनृुभएको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल लगायत जनप्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो ।