सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको नयाँ नेतृत्वमा अशोक पराजुली निर्वाचित हुनुभएको छ । माग ४ गते शुक्रवार चौतारामा सम्पन्न अधिवेशनले पराजुलीको नेतृत्वमा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

सेन्टरका वरिष्ठ उपाध्यक्षमा सालिगराम दुलाल,महिला उपाध्यक्ष दिलमाया खड्का , सचिव निर्मल कुमार बस्नेत, सहसचिव युवराज गिरी र कल्पना श्रेष्ठ तथा कोषाध्यक्ष केशब प्रसाद अधिकारी चयन हुनुभएको छ । सदस्यहरूमा मिलन तामाङ, निरुता श्रेष्ठ,अर्जुन विश्वकर्मा, रामकृष्ण पराजुली,सुवाष अर्याल,प्रेम तामाङ चयन हुनुभएको हो ।

सेन्टरका केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जीवन श्रेष्ठ र दिनेश दुलाल छनौट गर्नुका साथै प्रदेश अधिवेशन प्रतिनिधिमा भने मणिशुन्दर कोइराला,टिकाराम दाहाल , दिपक खत्रि, लालकाजी तामाङ,अस्मि स्याङतान चयन हुनुभएको थियो ।