कञ्चनपुर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा पुनः अरुण प्रसाद भट्ट निर्वाचित हुनुभएको छ । मङ्गलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षद्वय धर्मराज कठायत, भास्कर केसी, सचिव हेमा भट्ट सह सचिवद्वय बीरसिह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट लगायतका १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । प्रेस सेन्टर जिल्ला सल्लाहकारमा युवा पत्रकार डिल्लीराज पन्तको अध्यक्षतामा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिंह महता, डीएस धामी रहनुभएको छ ।
सिफारिस
अधिवेशनले कञ्चनपुरका युवा सक्रिय पत्रकार पुष्कर भट्ट प्रेस सेन्टर नेपालमा समाहित गराएको छ । यस अघि स्वतन्त्र पत्रकार रहेका पत्रकार भट्ट अहिले प्रेस सेन्टरमा समाहित हनुभएको हो । माउन्टेन टेलिभिजनका समाचारदाता समेत रहनुभउका भट्ट अहिले सेन्टरमा प्रबेश गर्नुभएको हो । यस्तै,पत्रकार भट्टले पत्रकारको हकहितका र पेसागत रक्षाको निमिक्त प्रेस सेन्टर नेपालले निरन्तर पैरवी गरेका कारण आफु सेन्टरमा प्रबेश गरेको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम सुप प्रदेशका इन्चार्ज राम सिहं ठगुन्नाले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका निवर्तमान अध्यक्ष देवेन्द्र ढुङ्गाना, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजेन्द्र प्रसाद अवस्थी, केन्द्रीय सदस्य मदनराज जोशी, प्रदेश सचिव मोहन विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुर, सुदुरपश्चिमका प्रदेश एवम केन्द्रीय समितिका पदाधिकारी सदस्य एव पत्रकारको सहभागिता रहेको थियो ।