उदयपुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति उदयपुरको पाँचौँ जिल्ला अधिवेशनले अभिमन्यु लामिछानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गोपाल कृति, समावेशी उपाध्यक्षमा रुपा चाम्लिङ राई सचिवमा दिनेश राई, सह सचिवमा विक्रम राई ,समावेशी सह सचिवमा भावना राई र कोषाध्यक्षमा युवराज कार्की सन्तोषलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै,सदस्यहरूमा चेवन राई, सुनील राई, नयनराज राई, आकाश बलम्पाकी मगर, भुवन कार्की, विजय राई, सबिन कार्की, ज्ञानदीप थुलुङ, विजय कार्की र बिन्द्र राई रहेको निर्वाचित हुनुभएको छ ।

अधिवेशनले प्रदेश सम्मेलनको लागि होमबहादुर बस्नेत, राकेश नेपाली र राजेन्द्र दुस्टलाई प्रदेश प्रतिनिधि चयन गरेको छ। साथै उक्त अधिवेशनले प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विदुर कटुवाल र गजेन्द्र राईलाई पनि चयन गरेको छ।