चितवन।  प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नवीन बाबु मरहठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन चयन हुनुभएको हो । अन्य पदाधिकारीमा सचिव सुरेन कुँवर, सहसचिव हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई,कोषाध्यक्षमा सुनिल पराजुली चयन हुनुभएको छ । सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी भरतपुर महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटाको नेतृत्वमा समिति चयन भएको छ । जसको उपाध्यक्षमा रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन सुवेदी चयन हुनु भउको छ । सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित एकजना थप गरी ११ सदस्य निर्वाचित हुनुभएको हो ।

केन्द्रीय प्रतिनिधिहरूमा सूर्य पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती र उर्गेन तामाङ सर्वसम्मत रूपमा चयन गरिएको छ ।

अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ।