काठमाडौँ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत माग १७ गते बिहीबार काठमाडौँमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला उपाध्यक्ष विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित हुनुभएको थियो । महासचिवमा विमल खड्का, सचिव (दलित) हरि जिज्ञासु, महिला सचिव समुन्द्रा घिमिरे, जनजाति सचिव प्रेम कुमार श्रेष्ठ, मधेसी सचिव रमिता यादव, खुला सचिव ईश्वर विश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल निर्वाचित हुनुभएको हो ।
यस्तै, सदस्यहरूमा कृष्ण सिसाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, वीरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।