दाङ। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बाँकेका पत्रकार प्रदिप वाग्ले निर्वाचित हुनुभएको छ । दाङको भालुवाङमा सोमबार सम्पन्न अधिवेशनबाट वाग्लेको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।
यस्तै, कमिटीको महासचिवमा कमल रायमाझी निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरूमध्ये खुला उपाध्यक्ष भुपेन्द्र वलि, समावेशी चिन्ता परियार, महिलामा देबि गुरुङ चयन हुनुभउको हो । त्यसैगरी सचिव खुलामा तिलाचन पाण्डे र जिबलाल सुबेदी, सचिव महिलामा अनिता पोखरेल ,सचिब दलितमा भरत नेपाली, सचिव जनजातीमा जितेन्द्र बुढा र कोषाध्यक्ष प्रकाश वैद्य चयन हुनुभएको छ।