सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनले ध्रुव अधिकारीको नेतृत्वमा प्रदेश समिति चयन गरेको हो । फागुन ५ गते सोमबार सम्पन्न अधिवेशनले मकवानपुरका ध्रुव अधिकारीको नेतृत्वमा निर्विरोध नयाँ प्रदेश समिति चयन गरेको छ ।
उपाध्यक्षहरुमा राजन अधिकारी , गौतम जिरेल , अञ्जली तामाङ रहेका छन् भने महासचिवमा नबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । । समितिको सचिवहरुमा सुमन गैरे, मणिसुन्दर कोईराला, रोजन तमाङ, भावना रिजाल, गम्भिर वि.क रहेका छन् । कोषाध्यक्षमा राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ चयन हुनुभएको हो ।
सदस्यहरुमा नवराज अधिकारी, सरला अधिकारी, मनोज दाहाल, अनिल अधिकारी, रुपा अर्याल, गीता अधिकारी, रुपा गुरुङ, कमला तामाङ, गोपीलाल तामाङ, उमेश राई, बबिता नेपाली, शिला पाठक, सन्तोष बस्ताकोटी, होमनाथ चौलागाईं र लेखा समिति सदस्यमा रञ्जिता श्रेष्ठ रहनुभएको छ ।
पूर्वसभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न पाँचौं अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष अधिकारीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले फागुन ६ गते मंगलबार शपथ ग्रहण गर्नुभएको थियो ।