महोत्तरी । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशन समपन्न भएको छ । शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वमा निरज पिठाकोटेको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष चयन हुनुभएका पिठाकोटे यस अघि प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य रहनुभएको थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्ष रामएकबाल महरा (धनुषा), महासचिव जिवछ यादव (सिराह), सचिव रमेश साह (बारा), ओमकिशोर चौधरी (रौतहट), रंजित पाण्डे (पर्सा), दीपेन्द्र यादव (सप्तरी) र कोषाध्यक्ष निरञ्जन साह (महोत्तरी) निर्विरोध चयन हुनुभएको छ ।

सदस्यहरुमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार, सब्दर हुसैन, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोषकुमार लामा, सुमन लामा, उमेश धलान, मुकेशकुमार महतो र महेन्द्र सहनी निर्विरोध चयन हुनुभएको हो ।

 साथै महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले समितिको आगामी बैठकमा पदपूर्ती हुनेछ ।