काठमाडौं । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको अधिवेशन सम्पन्न भएको छ । सोमवार काठमाडौंको क्रिस्टल पाटी प्यालेसमा सम्पन्न अधिवेशनले लोकेश लिम्बुको नेतृत्वमा प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिले लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, समितिको उपाध्यक्षमा बुद्ध योन्जन, उपाध्यक्ष समावेशीमा श्याम तण्डुकार र उपाध्यक्ष महिलामा सरिता थापा र महासचिवमा रोशन क्षेत्री चयन निर्वाचित हुनुभएको छ । समितिको सचिव खुलामा सुवास शर्मा र भिमराज खड्का, सचिव जनजातिमा बाबुकाजी श्रेष्ठ, सचिव महिलामा शारदा घिमिरे, सचिव दलितमा बिक्रम रत्न र कोषाध्यक्षमा कुबेर दाहाल निर्विरोध निर्वाचित हुनुभएको हो ।
साथैै, कार्यसमितिको सदस्यमा नुराज कँडेल, सूर्य खड्का, शम्भु दंगाल, कृष्ण अधिकारी, शिवबिक्रम शाह, सुरेश श्रेष्ठ, विवेक गुरुङ, रमिला योन्जन, अप्सरा सिग्देल, नारायण लिंखा देवान, लिलामाया ठटाल र रोशनकुमार सिंह निर्विरोध निर्वाचित हुनुभएको छ । भने अनुशासन समितिको संयोजकमा रामशरण काफ्ले र सदस्य शिवहरि खनाल, लेखा समितिको संयोजकमा सुधीर पन्थी र सदस्यमा शिवप्रसाद बन्जारा र शिवराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको थियाे ।