डडेल्धुरा । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ ।डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले केशवराज जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, खुल्ला उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी, समावेशी उपाध्यक्षमा मुकेश टेर्रा र महासचिवमा तेजराज भट्ट निर्वाचित हुनुभएका्े छ । सचिवमा सुवाश कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, पदम सुनार र कोषाध्यक्षमा दिपकराज अवस्थी पनि सर्वसहमत निर्वाचित हुनुभएको हो ।
यसैगरी, सदस्यमाहरुमा पुस्करराज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा, पदम साउद, विमल धामी र होम योगी रहनुभएको छ । अधिवेशन उद्घाटन समारोहमा ‘युद्ध पत्रकारिता’ गर्नुभएका सुदूरपश्चिमका ३० जनालाई सम्मानित गरिएको थियो ।
अधिवेशनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरु रामसिंह ठगुन्ना र लक्ष्मण खडका, महासचिव सन्तोष पौडेललगायतको उपस्थिति रहेको थियो ।