काठमाडौं । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको अधिवेशन सम्पन्न भएको छ । आइतबार अनामनगरको संवाद डबलीमा सम्पन्न दोस्रो अधिवेशनले पत्रकार मोहनजंग कार्कीलाई सर्वसहमत अध्यक्ष्मा चयन गरेको हो । उक्त अधिवेशनले कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

यस्तै, उपाध्यक्षमा मुकुन्द लामिछाने, दुर्गा दाहाल र मिना अर्याल, महासचिवमा चलचित्र पत्रकार सुमन वैरागी, सचिवमा सुमित्रा कार्की, निकेश बराल, सुजन थापा र कोषाध्यक्षमा रमेश कडायत सर्वसम्मत चयन हुनुभएको छ । भने अधिवेशनले कार्यसमिति सदस्यमा उज्ज्वल पौडेल, सुजन खरेलसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको थियो ।

यसैगरी अधिवेशनले विभिन्न विधागत शाखा समिति चयन गरेको छ । जस अनुसार सेन्टरको शिक्षा पत्रकार शाखाको अध्यक्षमा राजीव भट्टराई, आर्थिक पत्रकार शाखाको अध्यक्षमा धिरज पौडेल र उपाध्यक्षमा कमला भुसाल चयनहुनुभएको छ।

अनलाइन पत्रकार शाखाको अध्यक्षमा भीमसेन अधिकारी, उपाध्यक्षमा सिम्रन खड्का र चलचित्र पत्रकार शाखाको अध्यक्षमा विजय आवाज, उपाध्यक्षमा ओमा कार्की चयन हुनुभएको हो । यस्तै अधिवेशनले फोटो पत्रकारको संयोजकमा शंकर गिरी र खेलकुद पत्रकार शाखाको संयोजकमा सुजन थापालाई जिम्वेवारी दिने निर्णय समेत गरेको छ ।

अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष दीपेन्द्र रावल, निर्मल ज्ञवाली, विदुर खड्का, महासचिव सन्तोष पौडेललगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।