प्रेस सेन्टर नेपालको अधिवेशन चैत १७ गते सम्पन्न भएको छ ।  काठमाडौंको काठमाडौं ब्याङक्वेटमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्ष कमल गिरीलाई अध्यक्षमा निर्वाचत गरेको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित हुनुभएको हो । उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
संगठनको महासचिवमा मनोज घर्तीमगर निर्वाचित हुनुभएको छ । यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल,उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित हुनुभएको हो ।
सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा निर्वाचित हुनुभएको छ भने सचिव महिलामा अञ्जली थापा, सचिव समावेशीमा अवतार राई निर्वाचित हुनुभएको थियो । यसैगरी प्रदेशबाट निर्वाचित हुने सचिवमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेश प्रदेशबाट सुनिता बराल, बागमती प्रदेशबाट मीनकुमार दाहाल, गण्डकी प्रदेशबाट दीपक भट्टराई, लुम्बिनी प्रदेशबाट मानसिंह बिक, कर्णाली प्रदेशबाट गाणेशकञ्चन भारती, सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भएको थियो । भूगोल बाहेक उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी निर्विरोध निर्वाचित हुनुभएको हो । साथै कोषाध्यक्षमा लुम्विनि प्रदेशका वसन्त गिरी निर्वाचित हुनुभएको छ ।