प्रेस सेन्टर नेपालले तीनै तहको सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाएको छ। आइतबार संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई एकसाथ ज्ञापन पत्र बुझाइएको हो ।
साथै सबै जिल्ला प्रशासन कार्यालयमा पनि प्रेस सेन्टर नेपालले ज्ञापनपत्र बुझाएको छ।

अध्यक्ष कमल गिरीको नेतृत्वमा सिंहदबारस्थित मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्याललाई १५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

सोही क्रममा प्रेस सेन्टरको २०८१ चैत १६ र १७ गते काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जारी १७ बुँदे ‘काठमाडौँ घोषणापत्र–२०८१’ समेत सरकारलाई बुझाएको छ। राजावादीको आन्दोलनको क्रममा भएको पत्रकारको हत्यारामाथि कारबाही, पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्ने सबै तहमा कानुन निर्माण, पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, समानुपातिक विज्ञापन प्रणाली लगायतका माग ज्ञापनपत्रमा समेटिएका छन्।

ज्ञापनपत्र बुझ्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले सरकार पूर्ण प्रेस स्वतन्त्रताको संविधानप्रदत्त अधिकारप्रति प्रतिबद्ध रहेको र प्रेस सेन्टर नेपालले  उठाएको मागको अधिकतम सम्बोधन गर्ने प्रयास गर्ने आश्वासन दिनुभएको थियो ।

विस्तृत रूपमा ज्ञापनपत्र हेर्नको लागि  यस लिंकमा क्लिक गर्नुहोला । Sanchar Gyapan Patra 2082-01-28